किन गरियो बाबुराम भट्टराईको वेबसाईट ह्याक ?
एकीकृत नेकपा माओवादीका नेता डा. बावुराम भट्टराइको वेवसाइट ह्याक भएको छ । साइटको ब्लग पेज ह्याकरले ह्याक गरेका छन् ।
ह्याकरले फेसवुक पेजमा भट्टराइको फ्यान पेजलाई मेन्सन गर्दै साइट ह्याक गर्नु वाध्यता रहेको बताएको छ । एनोनोमस नाम गरेको सो पेजले लेखेको छ 'हामीले साइट ह्याक गर्न वाध्य भएका छौ, कारण तपाइले खत्तम राजनीतिक खेल खेल्न सुरु गर्नुभएको छ, अब हामी सिकाउँछौ कसरी खेल खेल्ने ।'
साइटको ब्लग मेनु पेजमा अमेरिकन कलाकार एवं राजनितिज्ञ रोनाल्ड रिगनको चर्चित भनाइ 'सरकारको पहिलो कर्तव्य जनतालाई रक्षा गर्नु हो तर जीवनमा खेलवाड गर्नु हैन ।' राखिएको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !