शिक्षक सेवा आयोगको विज्ञापन खुल्यो
काठमाडौँ, २४ चैत ।
शिक्षक सेवा आयोगले रिक्त रहेका शिक्षक पद पुर्तिका लागि विज्ञापन खुलाएको छ । देशभरका पाँचै विकास क्षेत्रमा रिक्त रहेका माध्यमिक तह र निम्न माध्यमिक तहमा नयाँ शिक्षक नियुक्ति गर्न विज्ञापन खुलाएको हो ।
आयोगले मंगलबार जारी गरेको सूचना अनुसार आउँदो वैशाख २३ गतेसम्म आ-आफ्नो विषयमा दरखास्त दिन पाइनेछ । साथै वैशाख ३० गतेसम्म दोब्बर दस्तुरमा पनि फाराम भर्न पाइने व्यवस्था गरेको । यसैगरी माध्यमिक तहको परीक्षा २०७२ साल असार ११ गते शुक्रवार विहान ८ बजेदेखि हुने तथा निम्नमाध्यमिक तहको २०७२ साल असार १२ गते शनिवार विहान ८ बजेदेखि परीक्षा संचालन हुने जनाइएको छ ।
विषय र क्षेत्रअनुसार तालिका हेर्नुहोस् :
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !