खुल्ला चुरोट बेच्नेलाई १० हजार जरिवाना हुने
काठमाडौ , सरकारले फुटकर रूपमा बिक्रीवितरण हुँदै आएको सुर्तिजन्य वस्तुको बिक्रीमा कडाईका साथ रोक लगाउने भएको छ ।
विशेषगरि स-साना खुद्रा पसलहरुबाट चुरोट,खैनी जस्ता सुर्तीजन्य वस्तुहरु फुटाएर बिक्री गरिदा धूम्रपान सेवनमा अत्यधिक वृद्धि भएकोले नियन्त्रण का निम्ति यस्तो व्यवस्था गर्न लागेको बताइन्छ । जस अनुसार अब देखि कुनै पनि व्यापारीले चुरोट, बिँडी तथा सिगारजस्ता सुर्तीजन्य पदार्थको प्याकेट फुटाएर खिल्लीमा विक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

यसैको निम्ति सरकारले मङ्गलबार जरिवाना सहितको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१ मंगलबार जारी गरेको छ। यो व्यवस्था संगै अबदेखी कर मुक्त पसलबाट चुरोट,बिंडि जस्ता सुर्तीजन्य पदार्थको विक्रीवितरण समेत गर्न पाइने छैन ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !