को चलाख ???
एक रात चार कलेज विद्यार्थीहरु राति अबेरसम्म खेलेछन् र भोलिको जाँचको लागि तयारी गर्न सकेनछन् । बिहान उनीहरुले एउटा जुक्ति निकालेछन् । जुक्तिअनुसार उनीहरुले आफ्नो शरीरभरि माटो दलेछन् र झुत्रे झाम्रे भएर क्याम्पस प्रमुखको अगाडि उपस्थित भएछन् ।
“हामी हिँजो साँझ एउटा साथीको बिहेमा गएर आउँदा बाटोमै हाम्रो कार पङ्चर भयो र कार ठेल्दा ठेल्दा यस्तो हालत भयो” - उनीहरुमध्ये एउटाले भन्यो - “त्यसैले हामी जाँच दिनसक्ने अवस्थामा भएनौँ ।”
त्यसपछि क्याम्पस प्रमुखले उनीहरुलाई जाँचको तयारी गर्न ३ दिनको समय दिएछ । उनीहरुले प्रमुखलाई धन्यवाद दिए र आफूहरु तीन दिनमा तयारी हुने बताए । तेस्रो दिन उनीहरु पुनः प्रमुखकोअगाडि उपस्थित भए । प्रमुखले यो जाँच विशिष्ट भएकाले चारै जनाले छुट्टाछुट्टै कोठामा बसेर जाँच दिनुपर्ने बताए । उनीहरु पनि खुसी हुँदै राजी भए र चारवटा छुट्टाछुट्टै कोठामा बसे । उनीहरुले तीन दिनमा सबै पाठ्यक्रम पानी पानी पारेका थिए ।
प्रश्नपत्र आयो । त्यसमा दुइवटा प्रश्न थिए, जसको पूर्णाङ्क १०० थियो ।
प्र.नं. १. तिम्रो नाम के हो ? (२ अंक)
प्र.नं. २. कारको कुन टायर पङ्चर भएको हो ? (९८ अंक )
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !