बोक्सिको आरोपमा सुँगुरको मलमुत्र कोच्याईयो
सिन्धुली, माघ २८ - सिन्धुलीको क्यानेश्वर गाविसमा बोक्सीको आरोपमा चार महिला र एक पुरुषलाई सुँगुरको मलमुत्र कोच्याउनुका साथै घाइते हुने गरेर कुटपिट भएको छ ।
क्यानेश्वर–९ सिसौदमारका ३५ बर्षिय सोनीमाया थिङ, उहाँका श्रीमान् सानुमान थिङ, सञ्चीमाया थिङ, कल्पबृक्ष गाविस–९ निवासी बुद्धिमाया स्याङतान् र लिलामाया थिङलाई त्यसरी मलमुत्र कोच्याउनुका साथै गम्भीर घाइते हुने गरी कुटपिट भएको हो ।
‘सिसौदमार गाँउकै दर्जा थिङ, लोथर थिङ, मैरानी थिङको नेतृत्वमा एक समूहले
आफूहरुलाई सुँगुरको मत्रमुत्र कोच्याएर सात दिनअघि कुटपिट गरेकाका हुन् ।’ न्यायको खोजीमा सदरमुकाम सिन्धुलीमाढी आईपुगेका पीडित मध्येका एक सोनीमाया थिङले गुनासो गर्नुभयो ।
आफूहरुलाई सुँगुरको मत्रमुत्र कोच्याएर सात दिनअघि कुटपिट गरेकाका हुन् ।’ न्यायको खोजीमा सदरमुकाम सिन्धुलीमाढी आईपुगेका पीडित मध्येका एक सोनीमाया थिङले गुनासो गर्नुभयो ।
गत पुस ११ गते गाँउको एक पुरुष व्यक्तिको मृत्यु भएपछि त्यसको छानबिन गर्न भेला बोलाईएको थियो । ‘भेलामा आउनु पर्छ भनेर हामीलाई बोलाईएपछि गयौं । भेलामा मर्ने व्यक्ति तिमीहरुले नै खाएका हौं भन्दै हामीलाई एक्कासी महिला र पुरुषले समाएर भर्कुन थाले ।’ पीडित सोनीमायाले घट्नाको नालीबेली सुनाउने क्रममा भन्नुभयो ‘गाईको गोवरले लिपेको भुईंमा सिन्दुर, अक्षेता, दुबो राखी तामातुलसी समाएर कसम खुवाए । त्यसले मात्र नपुगेर सुँगुरको मलमुत्र समेत जबर्जस्ती कोच्याए ।’
घट्नाका सम्बन्धमा माघ २३ गते नै क्यानेश्वर प्रहरी चौकीमा मौखिक उजुरी दिएको भएपनि अहिलेसम्म अभियुक्तहरु कानुनी दायरामा नआएको पीडित परिवारले गुनासो छ । घट्नाका बारेमा थाहा पाउनासाथ प्रहरी घट्नास्थलमा पुगेको भएपनि अभियुक्तहरु फरार रहको र उनीहरुको खोजी भई रहेको क्यानेश्वर प्रहरी चौकीले जनाएको छ । (साभार-उज्यालो)
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !