पत्रकार विरेन्द्र शाहको पहलमा क्यान्सर पीडित बालिकाको निःशुल्क उपचार सुरु

मोरङ । लामो समयदेखि पत्रकारिता संगै कलाकारिता र समाजसेवामा सक्रिय रहेका मोरङ सुनवर्षीका वीरेन्द्र कुमार शाहको पहलमा एक क्यान्सर पीडित बालिकाको निःशुल्क उपचार सुरु भएको छ।

मुखको क्यान्सरबाट ग्रसित सुनवर्षी नगरपालिका , वडा नं ७ कि ९ वर्षीय बालिका रिया ऋषिदेवको ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार शुरु भएको हो ।

लाखौँ रुपैयाँ खर्च लाग्ने उपचार प्रक्रिया आर्थिक अभावका कारण रोकिएको अवस्थामा शाहले सक्रियता देखाउँदै अस्पतालसँग समन्वय गरेका थिए। शाहको सक्रिय पहलमा अस्पताल प्रशासनले बालिकाको सम्पूर्ण उपचार निःशुल्क गरिदिने भएको छ ।

बालिकालाई एक साता अघि शाह आफैले उपचारका लागि काठमाडौँ लिएर गएका हुन । उपचार निःशुल्क हुने पक्का भएपछि बालिका र उनको परिवारले राहतको सास फेरेका छन् ।

स्थानीयस्तरमा सक्रिय समाजसेवीको रूपमा परिचित शाह विभिन्न विपतका समयमा अगाडि सर्ने गरेका छन्। गरिब, असहाय र पीडित व्यक्तिहरूका लागि सहयोगको हात बढाउँदै आएका शाहको यो पछिल्लो प्रयासले समाजमा सकारात्मक सन्देश दिएको छ।
समाजसेवाप्रति उनको यस समर्पण र योगदानको सर्वत्र प्रशंसा भइरहेको छ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.