आमाको सेवा गरेर संसार हल्लाएका दुवै हात नभएका चिनियाँ
एजेन्सी : चीनमा हुने घटना धेरै अचम्मका हुन्छन् । चीनको चोङ्गकिङ्ग निवासी ४८ वर्षीय चेन जिनयिन त्यस्तै एक संसारकै एक उदाहरण बन्न पुगेका छन् । उनको दैनिकी देखेर संसारभरका जो सुकै व्यक्ति चकित पर्छन् ।
मानसिक रुपमा सक्षम भए पनि चेनका दुबै हात छैनन् । दुवै हात नहुँदाको पीडा उनलाई भन्दा धेरै अरुलाई थाहा हुने कुरा भएन तर उनी आफ्ना हात नहुँदाको पीडालाई बिर्सिएर निरन्तर आफ्नी ९१ वर्षकी आमाको सेवामा सक्रिय छन् ।
उनको संघर्ष शब्दमा व्यक्त गर्न सकिदैन । दुबै हात नभएका चेन मुखमा चम्चा राखेर आमालार्इ खाना खुवाउछन् । प्यारालाइसिसले थलिएकी आमाको सेवामा चेन दिनरात नभनी खटिरहन्छन् ।

आमा प्यारालाइसिसले थला परेपछि चेनको जिन्दगीको यात्रा कठिन भयो । उनलार्इ केही मानिसले भिख माग्न पनि सल्लाह दिए । तर, उनले भिख मागेर आफूले पैसा कमाउन नचाहेको बताइदिए ।
दुवै हात नभएका चेन मानसिक रुपमा सक्षम छन् । सँगै उनका दुवै खुट्टा बजबूत छन् । उनी प्रत्यके दिन हातले गर्ने काम सहज रुपमा खुट्टाले गरिरहेका छन् । खुट्टाले नै खाना पकाउन सिके । अनि खेतमा गएर हातले गर्ने काम पनि खुट्टाले नै गर्न थाले । उनी खेतमा फलेका तरकारी आफ्नो पिठ्युमा हालेर घरसम्म ल्याउन सक्षम छन् ।

जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि आमाको स्याहार गर्न चेन एक अम्मल पनि चुकेका छैनन् त्यसैले उनी अहिले संसारभरको एक चर्चित पात्र बनेका छन् ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !