आज विश्व मित्रता दिवस , सबैलाई शुभकामना

सुखमा , दु:खमा , आपत परेको बेला अथवा हरेक कठिनाईमा साथ दिने साथिलाई नै असल मित्र मानिन्छ । सुखमा साथ दिएर दु:ख पर्दा टाढिने स्वार्थी मित्रहरू पनि प्रशस्त हुन्छन् तर असल मित्र त्यो हो जो हमेसा साथिको सहयोगी बन्छ । यिनै मित्रहरूको सम्मानमा आज एक आपसमा उपहार आदान प्रदान गरी मित्रता दिवस मनाईन्छ ।
दक्षिण अमेरिकी देश पाराग्वेमा सन् १९५८ देखि मनाउन शुरु गरिएको यो दिवस हाल विश्वभर मनाईन्छ । यो दिवसलाइ संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिंय मित्रता दिवसका रुपमा मान्यता दिइसकेको छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !