नेपाली जनसम्पर्क समिती युएईले धुमधामका साथ होलि मनायो (भिडियो सहित)
रामकुमार परियार
शुक्रवार स्वदेशमा रंगहरुको पर्व होलि मनाईरहँदा प्रवासममा कार्यरत नेपाली हरुले समेत भरपुर मनोरञ्जनका साथ हंगामा मच्चाएका छन ।
युएईको नेपाली जनसम्पर्क समिती द्वारा आयोजित होलि विशेष सांगितिक कार्यक्रम मा सयौँ नेपाली एउटै थलोमा झुमेर धुमधामका साथ होलि हंगामा मच्चाएका हुन ।
युएईकै सुन्दर एवं हरित नगरी अल एनको सुपर रेस्टुरेन्टको कार्यक्रम हल भित्र आयोजित होलि विशेष सांगीतिक कार्यक्रम तथा वनभोज करिब ९ घण्टा पुर्ण संगितमय बनेको थियो । दिउँसो एकबजेको शुरूवाती समय तय गरिएको भएता पनि टाढाका सहभागी आउन केही ढिला हुँदा करिब एक घण्टा ढिलागरि कार्यक्रम शुरु गरिएको थियो ।

औपचारिक कार्यक्रमको समाप्ति संगै नेपाली झण्डा फर्फराउँदै राष्ट्रिय गान गाएर सांगीतिक कार्यक्रमको शुरूवात गरिएको थियो । हलमा सयौं थुङ्गा... गुन्जी रहँदा हरेकको छाती गर्वले फुलेको अनुभूति सहजै गर्न सकिन्थियो । राष्ट्रगान सकिए लगत्तै कलाकार द्वय अनुराग थपलिया र शोभा लामाले होलि रे...बोलको गितमा आकर्षक नृत्य पस्केर दर्शकलाई होलिपर्वको यथार्थता अनुभुत गराए । यस लगत्तै मोडल तथा कलाकार मिनुषा लामाले किन बड्दैछ ढुकढुकी...बोलको गितमा स्वागत नृत्य पस्किएकी थिईन । त्यसपछि स्टेज आएका अल एनका बहुमुखी कलाकार विवस ठकुरिको देश भक्त गितहरुको शिल्शिलेवार प्रस्तुतिले करिब ३० मिनेट दर्शकमा राष्ट्रप्रेम जगाएको थियो । चोर बिरालो पल्कियो...मा श्रजना भण्डारी र कृष्ण थापाको युगल नृत्यले दर्शकको निक्कै वाहिवाही पाउन सफल भयो । त्यसपछि नेपालीपन र राष्ट्रप्रेम झल्क्ने गितहरुमा शिलशिलेवार नृत्य पस्केर स्टेज तताउने विवस ठकुरी,शोभा लामा,अन्जली भट्टराई,नम्रता,मिनुषा,पुर्णिमा,अनिता,दिव्या आदिको नृत्यले दर्शकको निक्कै राम्रो साथ पाएको थियो ।
यसता आकर्षक नृत्यहरु को बिच बिचमा कार्यक्रम प्रस्तोता द्वयले समेत समय सापेक्ष विविध प्रसङ्गहरु जोडेर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे । कलाकार बलराम बस्नेतको समसमायिक राजनिती र सामाजिक बेथिति विरुद्धको व्यंग्य प्रहसनले दर्शक दिर्घामा हाँसोको बहार ल्याएको थिए । गायक विक्रम परियार,कमल कार्की,राजिव जंग,भुवन घिमिरे लगायतको गायन प्रस्तुतिले समेत दर्शकको निक्कै ताली बटुलेको थियो । अन्त्य तिर उध्रेको चोली... मा हट नृत्य पस्केर कलाकार जोत्सना प्रधानले हलको वातावरण नै गरमागरम बनाएकी थिईन ।

उक्त कार्यक्रममा युएईको दुबई,अबुधाबी,फुजैरा,रास अल खेमा,अल एन लगायतका राज्यबाट करिब ५ सय नेपाली सहभागी थिए । प्रवासमा बिरलै आयोजना गरिने यस्ता कार्यक्रमहरुमा सहभागी हुन पाउँदा आफुहरु ज्यादै खुसी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छ्न । भने आयोजक नेपाली जनसम्पर्क समितीका केन्द्रिय सभापति चित्र केसिले समितिले नियमित रूपमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै प्रवासि नेपाली हरु बिचको संबन्ध सुदृढ र आत्मिय बनाउदैँ लैजाने बताए ।
(भिडियो सामाग्री-प्रवासी अनलाईन,दुबई )
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !