स्वाईन फ्लुबाट कसरी बच्ने ?
सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्ने भन्दै नाकाहरुमा सरकारले कढाई समेत शुरु गरिसकेको छ ।
के हो स्वाइन फ्लु ?
स्वाइन फ्लु भनेको एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो जुन सुंगुरको स्वास नलीलाई संक्रमित गर्ने इन्फ्लुएन्जा भाइरस यानी एच वान एन वान भाइरसका कारण लाग्ने गर्छ । चाँडै संक्रमित हुनसक्ने स्वाइन फ्लु मानिसबाट मानिससम्म हावा, सिगान वा थुकबाट सर्न सक्छ ।
यस भाइरसबाट संक्रमित बनेका मानिसहरुले हाच्छ्यु गर्दा उसको मुखबाट भाइरस हावामा पुग्छ । यदी तपाईं उक्त भाइरसँग सम्पर्कमा आउनुभयो भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ । त्यस्तै स्वाइन फ्लु रोगबाट संक्रमित बनेकाहरुले प्रयोग गरेका समान जस्तै ढोका वा हात धुने बेसन आदिको तत्काल सम्पर्कमा आउँदा पनि यो रोग सर्न सक्छ । एकपटक यस एचवान एनवान भाइरसबाट संक्रमित बनेपछि मानिस १० दिनसम्म रोगको संक्रमणमा रहन सक्छन् । यद्यपि, यसको नाम अनुसार सुंगुरको मासु वा अन्य परिकार खाँदैमा यो रोग सर्दैन ।

स्वाइन फ्लुका लक्षण
स्वाइन फ्लुको लक्षण देखिनुभन्दा एक दिन अघिदेखि नै यो रोग संक्रमक हुन्छ । मानिसको स्वास्थ्य अवस्था हेरेर सात दिनसम्म संक्रमित रहनसक्छन् भने बालबालिकाहरु १० दिनसम्म संक्रमति रहनसक्छन् । यसका लक्षणहरु अन्य सामान्य रुघाखोकीजस्तै हुन्छ जस्तैः
१) खोकी लाग्ने
२) ज्वरो आउने
३) घाँटी सुख्खा हुने
४) जिउ दुख्ने
५) टाउको दुख्ने
६) जाडो लाग्ने
७) थकान लाग्ने
२) ज्वरो आउने
३) घाँटी सुख्खा हुने
४) जिउ दुख्ने
५) टाउको दुख्ने
६) जाडो लाग्ने
७) थकान लाग्ने
यसले निमोनिया र स्वासप्रश्वास बन्द गर्ने जस्ता ठूलो समस्याहरु निम्ताउन सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि यो रोग घातक हुनसक्छ । यदी तपाईंलाई सास फेर्न गाह्रो हुन्छ, बान्ता हुन्छ, पेट दुख्छ, रिंगटा लाग्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला ।
कसलाई बढी खतरा ?
यस रोगबाट निम्न व्यक्तिहरुलाई बढी खतरा हुन्छः
५ वर्षभन्दा मूनिका बालबालिकाहरुलाई
६५ वर्षभन्दा बढीका मानिसहरुलाई
गर्भवती महिला
फोक्सो, मुटु, कलेजो, रगत, स्नायु प्रणाली र पाचन प्रक्रियासम्बन्धी समस्या भएका व्यक्तिहरुलाई
एचआइभीबाट संक्रमित र प्रतिरोधात्मक शक्ति कम भएकाहरुलाई
अन्य रोग लागेका व्यक्तिहरुलाई

कसरी उपचार गरिन्छ ?
सामान्य रोघाखोकीमा प्रयोग हुने केही एन्टीभाइरल औषधिहरु पनि स्वाइन फ्लुको उपचारमा प्रयोग हुन्छ । यसको साथै ओसेल्टामिभिर (टामीफ्लु) र जनामिभर (रेलेन्जा) यस रोगको उपचारमा बढी प्रयोग भएको पाइएको छ । यद्यपि, केही प्रकारका स्वाइनफ्लु भने टामीफ्लुबाट ठीक नहुन पनि सक्छन् ।
यी औषधिले स्वाइन फ्लुको संक्रमणबाट चाँडै ठीक हुन मद्दत गर्छ र रोगलाई गम्भिर बनाउनबाट रोक्छ । यी औषधीहरु लक्षण देखिएको ४८ घण्टाभित्र लिए चाँडै असर गर्छ । यसमा एन्टिबायोटिकले काम गर्दैन किनभने यो रोग ब्याक्टेरियाले नभएर भाइरसका कारण लाग्छ ।
साभार

No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !