देश बेच्ने चलखेल हुदैछ

एउटा खलपात्र अनि
पुच्छर बनिएका कुपात्रहरु
मध्यरातमा,ताण्ड्व नृत्य देखाउदै ।
शान्ति भुमिमा दर्ज हाम्रो पहिचान
अनि राष्ट्रवाद खुरु खुरु आज मेटाउदैछ्न ।
हो मेटाउदै छ्न ।
केवल स्वार्थका निम्ति,सत्ताका निम्ति
अनि आफ्नैका निम्ति ।
छदम भेषका आप्रवासीलाई
काखी च्याप्दै,सत्ताको सौदागिरिमा
देश बेच्ने चलखेल हुदैछ  ।

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.