दाँत मजबुत र सफा राख्ने केही उपायहरु
तपाईंको दाँत पनि सौन्दर्य को एक अभिन्न पाटो हो । जोकोही को झट्ट आँखा पर्ने अंग पनि भएकोले यसको सफाईमा विशेष ध्यान दिनु जरुरी हुन्छ । भित्री अंग भए पनि बाहिर देखिई रहने भएकोले नियमित सफाई र विशेष ध्यान दिन अपरिहार्य हुन्छ । यहाँ दात सफा राखी राख्ने केही टिप्स प्रस्तुत गरेको छु ।
१. दिउँसो अत्याधिक पानी पिउने किनकी, पानीले दाँत सफा राख्छ, चिया कफिको दाग हटाउँछ ।
२. फलफुल, सागसब्जी बढी खाने किनकी यसले दाँतमा अड्किएको खाना पनि बाहिर निकाल्छ ।
३. खाना पश्चात एक टुक्रा पनिर खानाले दाँत चम्किलो रहन्छ ।
४. सुगरफ्रि चुइगम खानाले दाँतको इनामेललाई मजबुत बनाउछ ।
५. जुस वा सोडा खाने बित्तिकै ब्रश गर्नु हुदैन ।
६. सकिन्छ भने कफि वा कोल्ड ड्रिग्स स्ट्रो (पाइप)को प्रयोग गरी पिउने गर्ने ।
७. नरम ब्रसको प्रयोग गर्ने ।
८. ब्रस गरीसकेपछि जिब्रो पनि सफा गर्नु पर्दछ । जिब्रो सफा भएमा दाँत स्वस्थ्य रहन्छ ।
९. गुलियो पदार्थको प्रयोग सकेसम्म कम गर्ने । गुलियोले दाँतलाई हानी पुर्याउँछ ।
१०. खाना खाइसकेपछि नियमीत ब्रस गर्ने वा हाइड्रोजन प्याराअक्साइडले मुख कुल्ला गर्ने तर हाइड्रोजन प्याराअक्साइड निल्नु हुदैन ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !