विखण्डनकारी तत्वलाई तह लगाउन जरुरी छ ।
अन्ततः संविधान निर्माणको दोस्रो प्रयास समेत असफल प्रायः साबित हुन लाग्यो । असफलताको औपचारिक घोषणा सुन्न केही दिन कुर्न मात्र बाकी छ । नेताहरू नेपाली जनतालाई पुनः थाङ्ना मा सुताएर टुलुटुलु हेर्न बध्य बनाउन सफल भए । हिजो संविधान सभा भनेको हाम्रो पहिलो मुद्दा हो भन्दै अलाप्ने हरुकै कारण दोस्रो पटकको कोसिस पनि बालुवामा पानी हुन लाग्दैछ । स-साना विखण्डनकारी दलहरुको बुई चढेर ए.माओवादी ले समेत आफ्नो असली रुप र हैसियत देखाउदैछ । एकता,मेलमिलाप र भाईचारा पुर्ण सम्बन्ध विस्तार गरेर सहमतिमा संविधान जारी गर्न छाडेर बन्द,आन्दोलन,हिंसा को मैदान मा उत्रिएको छ ।
यस्तो विषम परिस्थिति मा अब एउटै मात्र उपयुक्त विकल्प सुरक्षित छ । त्यो हो "जनमतसंग्रह " । अब राज्य पुनर्संरचना,शाषकिय स्वरुप,निर्वाचन प्रणाली जस्ता मुख्य विवादित विषय हरु माथी स्वतन्त्र जनमतसंग्रह संचालन गरेर यी कुराहरुको टुंगो लगाउनु को विकल्प छैन । अनि अर्को मुख्य कुरा अहिलेका विखण्डनकारी तत्व हरुमाथी यथासक्य बल प्रयोग गरेर जनताले निर्वाध रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरि बाच्न पाउने वातावरण बनाउन सरकारले उपयुक्त कदम चाली हाल्न अत्यन्तै आवश्यक छ । नत्र भने आज जनकपुर मा एउटा मर्यो,भोलि अर्कै ठाउँमा अर्को मर्ला । र यो सङ्गै जोडिएको अर्को महत्त्वपूर्ण कुरा नागरिकता छानवीन आयोग गठन गरेर यी अराजक तत्व हरुलाई नियन्त्रण गरिनु अति आवश्यकिय कार्य छ ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !