जन्मदिनमा विध्यालयलाई गेट उपहार
करिब एक वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका मोरङ केचनाका एक युवाले आफ्नो जन्म दिनको अवसरमा आफुले अध्यन गरेको विध्यालयलाई गेट उपहार दिएका छन ।
हाल अमेरिकामा बस्दै आएका केचनाका सन्तोष खरेल ले आफ्नो २८ औं जन्म दिनको अवसरमा गत पौष ११ गते अमरदह - ५ स्थित श्री मङ्गल सिंह माध्यमिक विध्यालय लाई करिब ६० हजार नेपाली रुपैयाँ बराबरको गृल गेट हस्तान्तरण गरेका हुन । उनी हाल अमेरिकामै रहेकाले आफ्ना अभिभावक मार्फत गेट हस्तान्तरण गरेका हुन । सोही दिन विध्यालयले समेत एक औपचारिक कार्यक्रम को आयोजना गरि खरेललाई जन्मदिनको शुभकामना दिएको छ ।
सो अवसरमा विध्यालयलाई अतुलनीय योगदान दिएको भन्दै विध्यालय ले सम्मान पत्र प्रदान गरेको छ । सम्मान पत्र खरेलका बुवा देवि खरेलले बुझेका थिए । विध्यालयमा स्रोत अभावका कारण गेट लगाउन नसक्दा मैदान गौ चरनमा परिणत बन्दै गएको थियो । यता खरेलले पनि आफूले अध्यन गरेको विध्यालय लाई सहयोग गर्न पाँउदा ज्यादै खुसी लागेको बताए । यसबाट अन्य युवा पुस्ताले समेत पाठ सिक्नु पर्ने हस्तान्तरण कार्यक्रममा उपस्थित अभिभावक हरुले बताए ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !