फेरि आयो नव वर्ष
जसरी थियो बित्नु त्यो
बित्यो आखिर यो वर्ष
उमङ्गको बहार ल्याई
फेरि आयो नव वर्ष ।
बित्यो आखिर यो वर्ष
उमङ्गको बहार ल्याई
फेरि आयो नव वर्ष ।
स्वागत गरौं आउ साथी
सबैमिली नव वर्ष
मुहारमा कान्ति बोकि
फेरि आयो नव वर्ष ।
सबैमिली नव वर्ष
मुहारमा कान्ति बोकि
फेरि आयो नव वर्ष ।
मनको मैलो फ्याँकौँ सब
पोको पारी यहि वर्ष
खुसी छर्दै घर आँगनमा
फेरि आयो नव वर्ष ।
पोको पारी यहि वर्ष
खुसी छर्दै घर आँगनमा
फेरि आयो नव वर्ष ।
टक्कर,चक्कर पीडा जति
भुलौँ सबै यहि वर्ष
हुँईकिएर सबका घरमा
फेरि आयो नव वर्ष ।
भुलौँ सबै यहि वर्ष
हुँईकिएर सबका घरमा
फेरि आयो नव वर्ष ।
शुभकामना छ तपाईंलाई
खुसी छाओस,मनमा हर्ष
परिवारमा खुसी ल्याउन
फेरि आयो नव वर्ष ।
(२०७१/१२/३०)
खुसी छाओस,मनमा हर्ष
परिवारमा खुसी ल्याउन
फेरि आयो नव वर्ष ।
(२०७१/१२/३०)
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !